झापा । झापाको कनकाई नगरपालिका- २ धनुषकोटीधाम स्थित सुकेडाँगीमा पिकनिक खान गएका दुई समूहबीच आइतबार साँझ 'ग्याङ फाइट' भएको छ ।

ग्याङ फाइटमम हुँदा तीन जना घाइते भएका छन् । सोमबार बिर्तामोड र सुरुङ्गाका युवाहरू पिकनिक खान त्यहाँ गएका थिए । मादक पदार्थ सेवन गरी ती दुई समूहका युवाहरुबीच वादविवाद भई हानाहान भएको थियो ।

ग्याङ फाइटमा परी बिर्तामोड नगरपालिका-७ का दीपक लिम्बू र सोही ठाउँका उमेश चौधरीको टाउकोमा, सोही ठाउँकै प्रताप चौधरीको बायाँ आँखा माथि सामान्य चोट लागेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डिराज गिरीले बताए । घाइते मध्ये उमेशको बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ, भने दीपक र प्रतापको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ ।

घटना घटे लगतै इलाका प्रहरी कार्यालय अनारमनीका डीएसपी सुरज कार्कीसहितको प्रहरी टोली घटनास्थल पुगेर त्यहाँबाट सबैलाई लखेटेर भगाएको थियो । घटनास्थलमा रहेका आधा दर्जन बढी मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ ।