बिर्तामोड । वीरता जेसीजको अधिवेशन स्थगित भएको छ । अध्यक्ष घनश्याम चौधरीले अधिवेशन स्थगित भएको जानकारी दिएका छन् । बन्दशत्रका क्रममा विवाद बढेपछि तत्काललाई अधिवेशन स्थगित गरिएको हो ।

Screenshot_20240125-053952_Facebook

वीरता जेसीजको ४३ औ वार्षिक साधारणसभा तथा शाखा अधिवेशन विवादका कारण रोकिएको छ । केहि जेसीहरुले बन्दशत्रका क्रममा टेवल बजारेपछि विवाद सतहमा आएको हो । त्यसपछि माहोल साम्य बनाउनका लागि अधवेशन स्थगित गरिएको बताइएको छ ।

१९ जना सदस्यहरुको विषयलाई लिएर अधिवेशनमा विवाद भएको बुझिएको छ । सन् २०२२ मा बनाइएका सदस्यहरुलाई सोही कार्यकालले अनुमोदन नगर्दा समस्या आएको जेसीहरुको भनाई छ । तत्कालिन अध्यक्ष प्रविन खड्काको कार्यकालमा बनाइएका सदस्यहरुलाई वर्तमान कार्यसमितिले अनुमोदन गरेर मताधिकार दिनुपर्ने मुद्धाले अधिवेशन नै प्रभावित बनेको हो ।

अध्यक्ष घनश्याम चौधरीले १९ जना सदस्यलाई अहिले अनुमोदन गरेर २०२५ मा मात्रै मताधिकार दिन सकिने अडान राखिरहेका छन् । तर, १९ जना सदस्यहरुलाई यहि वर्ष अनुमोदन गरेर मताधिकार मागेपछि लफडा उत्कर्षमा पुगेको छ ।
साधारणसभाले अनुमोदनसहित मताधिकार दिनुपर्ने दवाव बढेपछि अध्यक्ष चौधरीले अस्वीकार गरेका छन् । उनले अनुमोदन गरे पनि मताधिकार संभव नभएको प्रतिक्रिया दिए ।

क्षमता विकासका लागि स्थापना भएको जेसीजमा विधि मान्ने सदस्यहरुको अभाव भइरहेको जेसीजमा क्रियाशिल सदस्यहरुको भनाई छ । बाहिरबाट हेर्दा राजनीतिक हस्तक्षेप र भित्र सदस्यहरुको वेमेल बढ्दै गइरहेको धेरैको अनुमान छ । वीरता जेसीजको वर्ष २०२४ का लागि अध्यक्षमा युवराज कुँवर, दिवाकर प्रसाई र विकास बस्नेत चर्चामा छन् ।

१५४ सदस्य रहेको वीरता जेसीजमा बुधबार मध्यान्न सुरु भएको बन्दशत्रको सुरुमै लफडा भएको थियो ।