बुधबारे । बुद्वशान्ति गाँउपालिकाको पाथिभरा ब्लक उद्योगमा कार्यारत मजदुरवीच झगडा हुदा एकजनाको मृत्यु भएको छ । 

झगडामा पाँचथर नागी गाउँपालिका घर भएका विक्रम सेनेहाङको मृत्यु भएको हो । शुक्रबारराति झापाको बुद्धशान्ति गाउँपालिकास्थित पाथिभरा ब्लक उद्योगमा सेनेहाङमाथि आक्रमण भएको थियो ।

उद्योगमा काम गर्दै आएका झापाको शिवसताक्षी नगरपालिका-८ पोखरी टोल घर भएका १९ वर्षीय मिलन पुरकोटीले सामान्य विवादका क्रममा सेनेहाङमाथि काठको मुंग्रो र हम्मर प्रहार गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

आक्रमणबाट घाइते भएका सेनेहाङलाई तत्काल उपचारका लागि बीएण्डसी हस्पिटल लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि उनलाई राति नै विराटनगरस्थित नोबेल अस्पताल पठाइएको र आज बिहान उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनापछि पुरकोटी पक्राउ परेका छन् । उनलाई प्रहरी हिरासतमा राखिएको छ ।