बिर्तामोड । फागनु १४ गते हुने बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचनमा स्वतन्त्र व्यवसायिक प्यानलले उम्मेदवारी घोषणा गरेको छ ।

बिहीबार एक कार्यक्रमकाबीच उनीहरुले उम्मेदवारी घोषणा गरेका हुन् ।
नेकपा एमाले, राप्रपा, नेकपा मा‌ओवादी केन्द्र, रास्वपा र जसपासम्बद्ध व्यवसायीहरुको समूहको अध्यक्षमा अर्जुनकुमार मैनालीले यस अघि नै आफ्नो उम्मेदवारी सार्वजनिक रुपमै घोषणा गरिसकेका छन् । उनी वाणिज्य संघको वर्तमान महासचिव हुन् ।
याे समूहले बरिष्ठ उपाध्यक्षमा राजकुमार घिमिरे (राजु), वाणिज्य उपाध्यक्षमा गंगा मैनाली, उद्योग उपाध्यक्षमा ओमप्रकाश श्रेष्ठ, जनसम्पर्क उपाध्यक्षमा गोमा भट्टराई, महासचिवमा कृष्ण पौडेल, उद्योग सचिवमा विसन लिम्बू, वाणिज्य सचिवमा कृष्ण चापागाँई, कोषाध्यक्षमा युवराज निरौला र सहकोषाध्यक्षमा निशा कर्णलाई उम्मेदवारको रुपमा अगाडी सारेको छ ।
त्यस्तै महिला सदस्यद्वय चन्द्रा भट्टराई र सुष्मा उप्रेती, खुल्ला सदस्यहरुमा शत्रुधन रौनियार, कृष्ण बजगाई, केदार खनाल, सोहनलाल राजवंशी, राकेशकुमार सिंह, रिता चौधरी, अमिर खान रहेका छन् ।  समुहको तर्फबाट २९ बुंदे प्रतिबद्धता पत्र घोषणा गरिएको छ । 

यसअघि बर्तमान बरिष्ठ उपाध्यक्ष राजु न्याैपानेकाे नेतृत्वमा अर्काे प्यानल घाेषणा भइसकेकाे छ । याे घाेषणासँगै आगामी तीन बर्षे कार्यकालका लागि न्याैपाने र मैनालीकाे भिडन्त हुने पक्का भएकाे छ ।