बिर्तामाेड । झापाको अर्जुनधारामा प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित चारजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तीनजना महिला छन् । 

गएराति सवा ८ बजेको समयमा अर्जुनधारा वडा न. ११ की शोभा श्रेष्ठले ब्राउनसुगरको कारोवार गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा अस्थायी प्रहरी चौकी बुट्टाबारी र ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले श्रेष्ठलाई उनकै घरमा फेला पारी खानतलासी गरेको थियो ।

त्यसक्रममा उनको साथबाट ५५० मिलिग्राम ब्राउनसुगरका ३ वटा पोका, घरभित्र बिभिन्न मोडलका पुराना मोवाईल ११ थान, नगद ३७ हजार, पुराना घडी ४ थान फेला परेको थियो ।

सो घरबाट श्रेष्ठका छोरा गोबिन्द श्रेष्ठ, बुहारी सन्ध्या चौधरी श्रेष्ठ र ईलाम सन्दकपुर वडा नं. ४ बस्ने पल्लबी गुरुङ समेतलाई नियन्त्रणमा लिई ईप्रका अनारमनीमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।