बिर्तामोड । अविरल कर्षापछि आएको बाढीले भद्रपुर -१ लाहुरे चोक नजिकै रहेको राजपैनी खोलाको पुलमा क्षति पुगेको छ ।

शनिवारदेखिको अविरल वर्षाले पुलमा क्षति पुगेको जिल्ला  प्रहरी कार्यालय झापाले जनाएको छ ।

५० मिटरको कल्भर्टमा पानीले क्षति पुराएपछि भद्रपुरदेखी बनियानी केचना चल्ने भित्री मेची राजमार्ग सडक खण्डमा आवतजावत गर्ने सवारी साधनहरुलाई डाईभर्सन गराई वैकल्पिक मार्गद्धारा सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।