बिर्तामोड । झापाको कनकाई नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष दीर्घबहादुर थापाको निधन भएको छ।

थापाको आइतबार बिहान १:२० बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ।


थापा केही समयदेखि पेटको क्यान्सरबाट थलिएका थिए । उनलाई उपचार पश्चात घरैमा राखिएको थियो । उनको निजी निवासमा निधन भएको हो।