बिर्तामोड । चट्याङले लागेर झापाको मेचीनगरमा एक हल राँगा मरेका छन् ।
सोमबार बिहान ४ बजेको समयमा मेचीनगर नगरपालिका वडा नं–३ भावना टोल बस्ने योगेन्द्र भट्टराईको गोठमा बाँधेको दुईवटा राँगा अबिरल बर्षासंगै परेको चट्याङ लागेर मरेको हो । जसबाट १ लाख ५० हजार बराबरको क्षति भएको छ ।
चट्याङले लागेर सोही गोठमा बाँधिराखेको एउटा माउ भैसीको देब्रेपट्टिको करङमा सामान्य चोट लागेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।



















