दमक । झापाको कमल गाउँपालिका वडा न. ४ चुलाचुली मोडस्थित पुर्व पश्चिम राजमार्गमा बस र टिप्पर ठक्कर खाँदा २१ जना यात्रु घाइते भएका छन् ।
आज बिहान झिलझिलेबाट दमक तर्फ आउदै गरेको बा ३ ख २१६६ न.को टिपर र बिपरित दिशा तर्फबाट जादै गरेको को १ ख ५०८७ न.को यात्रु बस एक आपसमा ठक्कर खाएका थिए ।
दुर्घटनामा बसमा सवार २१ जना यात्रुहरुहरु घाईते भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनीहरूलाई उपचारका लागि दमकका विभिन्न अस्पतालमा लगिएको छ । घाइतेको बिवरण सङकलन भइरहेको प्रहरीले जनाएको छ।
बस चालक उदयपुर त्रियुगा नगरपालिका वडा न. ३ बस्ने अशोक बोट र टिपर चालक जिल्ला धनुषा गणेशमान न.पा.-५ बस्ने शेर बहादुर राई इप्रका दमकको नियन्त्रणमा सो सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।



















