बिर्तामोड । झापाको बिर्तामोडस्थित मुक्तिचोकमा छोटा हात्तीले ठक्कर दिदा एक पैदलयात्रीको मृत्यु भएको छ ।

बिहान  साढे ९ बजे तिर बिर्तामोड ५  मुक्तिचोकमा नम्बर नखुलेको छोटा हातीले पैदल यात्रीलाई ठक्कर दिएको थियो ।

ठक्करबाट मोरङको रतुवामाई नपा ८ बस्ने ७० बर्षिय टंक माया सुवेदीको मृ्त्यु भएको हो । ठक्करबाट गम्भीर घाईते भएकी सुवेदीलाई उपचारको लागि बिएनसी अस्पताल लैजादै गर्दा मृत्युु भएको प्रहरीले  जनाएको छ ।