बिर्तामोड । अविरल वर्षापछि बिरिङ खोलामा आएको बाढीले हुलाकी राजमार्ग भत्काएको छ । 

झापा गाउँपालिका वडा नं.५ पन्थापाडाकाे बिरिङ पुल नजिकै राजमार्गमा बाढीले क्षति पुर्याएको हो ।

बिरिङ खाेलाकाे  पुलबाट १५० मिटर पश्चिम तर्फ राजमार्गको ४० प्रतिशत हुलाकी भत्केको स्थानीयले जानकारी दिएका छन् । 

निरन्तर वर्षा भईरहेको खण्डमा पुर्ण रुपमा सडक भत्किएर आवतजावत  गर्न हुलाकी मार्ग अवरुद्ध हुने सम्भावना रहेकाे बताइएको छ ।