कचनकवल । कचनकवल गाउपालिकामा बाढीबाट बिस्थापित १२ परिवारलाई स्थानान्तरण गरी राहत सामग्री प्रदान गरिएको छ ।
कचनकवल-७ को प्रेम, ज्योती र भटटा बस्तीबाट बिस्थापित उनिहरुलाई राहत सामग्री प्रदान गरिएको हो । उनिहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेर राहत सामग्री प्रदान गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
डुवानको चपेटामा परेका अजिम अन्सारी, नाकु आलम, समेजु दिन, फुलमान बेगम, अफिफुल अन्सारी, सुर्फ्रु अनसारी, अनवर अन्सारी, रसिदिन बिबि, मजिना खातुन, रुबिना खातुन, नस्रुल अनसारीको परिवारलाई वडा अध्यक्ष भरत राजबन्शीले कचनकवल -७ बड झोडामा रहेको गाउँपालिका भवनमा स्थानान्तरण गरेका हुन् । उनीहरूलाई भुजिया (मुराई) १२ किलो, रमपम ६ कार्टुन बिस्कुट ३ कार्टुन, पानी र केही भाडाकुडा प्रदान गरिएको छ ।
यसै गरि कचनकवल -५ फुटनगछको कुन्जी राजबन्शीका परिवारलाई कचनकवल-५ पाठामारी स्थित जानकी माबिमा राखिएको छ ।
यस्तै शिवसताक्षी नगरपालिका १० बिहानि टोल पश्चिम तर्फबाट कन्काई माई खोलाले कटान सुरु गरेकोले उक्त टोलको १० घर मध्य ३ परिवारलाई स्थानान्तरण गरिएकाे प्रहरीले जनाएकाे छ । साे स्थानका प्रेम प्रसाद उप्रेती, गोलबसी ऋषिदेव, टुना ऋषिदेवकाे परिवारलाई स्थानान्तरण गरिएकाे हाे । उनीहरुलाई स्थानीय मुक्तिघाटमा स्थानान्तरण गरिएकाे प्रहरीले जनाएकाे छ ।



















