बिर्तामाेड । अर्जुनधारा नगरपालिका र करुणा फाउन्डेसनबिच अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम कार्यान्वयनका लागि सम्झौता भएको छ ।

सामाजिक विकास मन्त्रालय कोशी प्रदेश, अर्जुनधारा नगरपालिका तथा अपाङ्गताको क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको करुणा फाउण्डेसन नेपालको त्रिपक्षीय लागत साझेदारी तथा राष्ट्रिय अपाङ्ग महासंघ नेपालको प्रविधिक सहयोग रहनेछ ।

अर्जुनधारा नगरपालिका तर्फ बाट नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङ्ग , उप(प्रमुख खड्गमाया पराजुली, प्रमुख प्रशासकीय अधिकृत तिलोचन रिमाल, महिला बालबालिका शाखा प्रमुख सुर्यमाला पन्दाक र करुणा फाउण्डेसन नेपालका तर्फबाट ब्यवस्थापक सन्तोष घिमिरे, कार्यक्रम अधिकृत अंकित पाठक, पालिका संयोजक सुरेन्द्र गिरी तथा अपाङ्गता स्वावलम्बन समाजका अध्यक्ष केवल बानिया लगायतले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । 

हस्ताक्षर कार्यक्रमपछि करुणा फाउण्डेसनका व्यावस्थापक घिमिरेले कुनै पनि व्यक्ति जन्मदै अपाङ्गता भएर नजन्मिउन्  वा जन्मिएपछि हुनसक्ने अपाङ्गता नहोस भनेर यो क्षेत्रमा संस्थाले काम गरिरहेके बताए।तर यति गर्दा गर्दै पनि समाजमा अपाङ्गता भएका व्यक्तिले विभिन्न कारणले अपहेलित हुनुपर्ने अवस्थालाई अन्त्य गर्न  र आम  नागरिक सरह जीवन जिउन सकुन भन्ने उद्देश्य राखेर संस्थाले यो पालिकामा कार्यक्रम सञ्चालन गरेको उनके भनाई थिये । 

अपाङ्गता भएका व्यक्तिहरूको समुहका प्रतिनिधिहरू तथा राष्ट्रिय अपाङ्ग महासंघका प्रतिनिधि लगायतको उपस्थितिमा भएको थियो।

कार्यक्रमले जन्मजात हुने अपाङ्गता रोकथाम तथा जन्म पश्चात विकसित हुने अपाङ्गताको न्यूनीकरण गर्नुका साथै अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य, शिक्षा, रोजगारी, सामाजिकीकरण र सशक्तिकरणमा विशेष जोड दिनेछ। कार्यक्रमले अपाङ्गता भएका व्यक्ति मात्र नभएर अपाङ्गता भएका व्यक्तिको परिवारलाई पनि समेट्ने कुरा फाउन्डेसनका व्यवस्थापक घिमिरे बताए ।

कार्यक्रम २०८१ श्रावण १ गते देखि सञ्चालन भइ ०८४ असार मसान्तसम्म सञ्चालन हुने सम्झौतामा उल्लेख छ । कार्यक्रम झापा जिल्लाका १५ वटै स्थानीय तहमा सम्झौता हुने र हाल सम्म कन्काई नगरपालिका, गौरादह नगरपालिका, शिवसतासी नगरपालिका तथा कमल गाउँपालिकामा सम्झौता भइसकेको र बाँकी रहेका स्थानीय तहमा सम्झौता हुने फाउन्डेसनका सुरेन्द्र गिरीले बताएका छन् ।