भद्रपुर । झापाको कचनकवलमा वस्तिमा पसेको बयस्क चितल उद्दार गर्ने क्रममा मरेको छ ।

कचनकवल गाउँपालिका वडा न-७ बालुवाडीमा रहेको दिपज्योती सामुदायिक वन बाट निस्किएको करिब अन्दाजी १०० के.जि. को जंगली चितल मरेको हो । 

कचनकवल-७ बालुवाडीको गोबरधन बस्ती तर्फ प्रवेश गर्दा गोबरधन बस्तीका स्थानीयवासीले चितल समातेका थिए । सो चितल सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष हरि लिम्बुले ट्याक्टरमा बोकेर डिभिजन वन कार्यलयको निर्देशन अनुसार कचनकवल -३ स्थित दुर्गाभिट्टा सामुदायिक वन उपभोक्ता समितिलाई जिम्मा दिनलाइ लाने क्रममा बाटोमा नै उक्त चितलको मृत्यु भएको हो ।

जिल्ला वन कार्यालयको निर्देशन अनुसार मृत्यु भएको चितल दुर्गाभिट्टा सामुदायिक वन उपभोक्ता समितिलाई साँझ जिम्मा लगाएको जनाईएको छ ।