फुङ्लिङ । ताप्लेजुङकाे मेरिङदेन गाउपालिका -२ याङचाेकका संजीव लिम्बूकाे तारेभिरबाट लडेर मृत्यु भएकाे छ ।
तारेभिरकाे जंगलमा बाख्घरा चराउन गएका लिम्बुकाे भिरबाट लडेर मृत्यु भएकाे हाे । आयतबार बाख्रा चराउन गएका लिम्बु घर नफर्किएपछि खाेजतलास गर्ने क्रममा उनी भिरबाट लडेर गम्भिर घाइते भएकाे अवस्थामा फेला परेकाे प्रहरीले जनाएकाे छ ।
गम्भिर अवस्थामा फेला परेका लिम्बुलाई उद्दार गरी घरतर्फ ल्याउने क्रममा मृत्यु भएकाे बताइएकाे छ । शवलाई कानुनी प्रक्रिया पुरा गरी अन्तेष्टी गर्ने तयारी भइरहेकाे प्रहरीले जनाएकाे छ ।



















