काठमाण्डाै । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा बुधबार बिहान साैर्य एयरकाे बिमान दुर्घटनामा परेकाे छ । दुर्घटनामा १५ जनाकाे मृत्यु भएकाे छ । चार जनालाई जिवितै उद्दार गरिएकाे प्रहरीले जनाएकाे छ ।

दुर्घटनामा पर्नेमा सम्पुर्ण साैर्य एयरका कर्मचारी रहेकाे प्रहरीले जनाएकाे छ । बिमान मर्मतका लागि पाेखरा जान लागेकाे थियाे ।
प्रहरीका अनुसार बिमानले रन-वे छाेड्ने बित्तिकै ठुलाे आवाज आएकाे थियाे । दुर्घटना लगत्तै उद्दारमा प्रहरी परिचालन भएकाे थियाे । यस क्रममा क्याप्टेन मनिष शाक्य लगायतका चार जना कर्मचारीकाे उद्दार गरिएकाे छ । शाक्यकाे केएमसी र अन्य कर्मचारीकाे टिचिङ अस्पतालमा उपचार भइरहेकाे जनाइएकाे छ ।
सी चेकका लागि पाेखरा जाँदै गरेकाे जहाज रन- वे छाेड्ने बित्तिकै बजारिएकाे थियाे । पाेखरामा साे जहाज एक महिना ह्याङ्गरमा राखेर मर्मत गर्ने तयारी रहेकाे थियाे ।



















