बिर्तामाेड । इलामकाे माई नगरपालिका-३ घर भएका टिकाबहादुर लावतीकाे झापाकाे अर्जुनधारामा पानीमा डुबेर बुधबार मृत्यु भएकाे छ । 

छाेरासहित अर्जुनधारा-१ सिस्नेमा बस्दै आएका लावतीकाेसाेही स्थानका हाेम अधिकारीकाे धान खेतमा घाेप्टाे परेकाे अवस्थामा शव फेला परेकाे हाे । छाेरा आयु्श लावतीसहित दिदी भिनाजुकाे घरमा बस्दै आएका लावती जण्डिस सम्बन्धी बिरामी रहेकाे प्रहरीले जनाएकाे छ । 

बिगत केही समययता उनकाे मानसिक अबस्था ठिक नभएको प्रहरीले जनाएकाे छ । ईलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी प्रकाश बिष्टकाे नेतृत्वमा पुगेकाे प्रहरीले घटनाबारे अनुसंधान भइरहेकाे जनाएकाे छ