भद्रपुर । झापाको कचनकवलमा करेन्ट लागेर एक किशोरको मृत्यु भएको छ । 

कचनकवल गाउँपलिका-४ केचना वस्ने ललन साहका १५ बर्षका छोरा  बिशालको करेन्ट लागेर मृत्यु भएको हो ।

टिनको छानो भएको घरको बराण्डामा बिद्युत  सट भई शाहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । करेन्ट लागेर अचेत अवस्थामा फेला परेका उनलाई तत्काल उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र बनियानी लगिएको थियो ।

उपचारका क्रममा डाक्टरले  चेकजाँच गर्दा मृत्यु भइसकेको घोषणा गरेको प्रहरीले जनाएको छ ।