बिर्तामोड । झापा गाउपालिका-१ मा शनिबार दिउसो १० बर्षिय बालकको खाडलमा जमेको पानीमा डुबेर मृत्युु भएको छ । 

 झापा गाउपालिका-१ सालमारा बस्ने चिकु मियाको छोरा वर्ष १० को मोहमद दिलसाद मियाको पानीमा डुबेर मृत्यु भएको हो ।

घरबाट खेल्न हिडेको बालक सोही स्थानका नजिर मियाको खाली जमिनको खाल्डोमा जमेको पानीमा डुबेर मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।