मेचीनगर । मेचीनगर नगरपालिका-७ पालिया टोलका एकजना थुनुवाकाे उपचारका क्रममा मृत्यु भएकाे छ । लागू औषध काराेबारमा संलग्न झकबहादुर खड्काकाे उपचारका क्रममा मृत्यु भएकाे हाे । 

खड्कालाई शनिबार राती पुरानो मेची पुलबाट  लागूऔषध (खैरो हेरोइन) सहित प्रहरीले पक्राउ गरेकाे थियाे । उनकाे साथबाट ५  ग्राम लागूऔषध बरामद गरी ईलाका प्रहरी कार्यालय काँकडभिट्टाकाे हिरासतमा राखेर अनुसंधान भइरहेकाे थियाे । 

यसैक्रममा गएराती उनकाे स्वास्थ्यमा समस्या उत्पन्न भएकाे थियाे । उनकाे उपचारका लागि आम्दा अस्पताल धुलाबारीमा भर्ना गरिएकाे प्रहरीले जनाएकाे छ । उपचारका क्रममा राती नै चिकित्सकले मृत घाेषणा गरेकाे जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ ।