बिर्तामाेड । वीरता जेसीसकाे आयाेजनामा बिद्यालयका सवारी चालकलाई दुर्घटना न्युनीकरण सचेतना प्रशिक्षण प्रदान गरिएकाे छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय झापा सँगकाे समन्वयमा दुर्घटना न्युनिकरण सम्बन्धी एकदिने सचेतना कार्यक्रम सम्पन्न भएकाे हाे ।
सामुदायिक, संस्थागत तथा मन्टेश्वरी बिद्यालयमा कार्यारत सवारी चालक तथा सहचालकहरुका लागि दुर्घटना न्यूनीकरण सचेतना कार्यक्रम आयाेजना गरिएकाे वीरता जेसीसका अध्यक्ष बिकास बस्नेतले जानकारी दिए ।
कोशी प्रदेशका उर्जा, सिंचाइ तथा खानेपानी मन्त्री एकराज कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा २०० जनाकाे सहभागिता रहेकाे थियाे ।