धरान । निर्माणाधिन मदन भण्डारी राजमार्गकाे धरान-८ काे पुल भासिएकाे छ । स्थानीय बाैद्धघाटमा निर्माण भएकाे पु्ल भासिदा यातायात अवरुद्ध भएकाे छ ।
मदन भण्डारी राजमार्ग निर्माण सम्पन्न भइसकेकाे छैन । धरान-८ काे तीन ढ्वाङे खहरेमा आएकाे बाढीले पुल पुर्ण रुपमा क्रयाक भई भासिदा उक्त क्षेत्रमा यातायातका सवारी साधनहरु अवरुद्ध भएको बताइएकाे छ ।