बिर्तामाेड । झापाकाे बाह्रदशी-२ जनता बजार स्थित भित्री सडक खण्डमा माेटरसाईकलले ठक्कर दिंदा पैदल यात्रीकाे मृत्यु भएकाे छ । 

कुटिबाट राजगढ तर्फ आउदै गरेको मे ४ प ५१५६ न.को मोटरसाईकलले साेमबार राती बाह्रदशी-१ नयाँ बस्ति बस्ने वर्ष ४२ को च्याङवा तामाङलाई ठक्कर दिएर घाईते बनाएकाे थियाे । 

घाइतेकाे तत्काल उद्दार गरी उपचारकाे लागि अस्पताल पठाइएकाेमा आज ११:४५ वजे मृत्यु भएको प्रहरीले जनाएकाे छ । साे मोटरसाईकल  पछाडी सवार रहेका कचनकवल गाँउपालिका-१ बस्ने श्रवण राजबंशी समेत निधार र टाउँकोमा चोट लागी घाइते भएकोले अस्पतालमा उपचार भइरहेको  छ ।

माेटरसाइकल र मोटरसाईकल चालक जिल्ला झापा कचनकवल गाँउपालिका-१ पिण्डलबारी बस्ने देबराज राजबंशी जिल्ला प्रहरी कार्यालय झापाको नियन्त्रणमा छन् ।