बिर्तामोड । झापा जिल्ला अदालतमा २ बर्षको कार्यकाल पूरा गरी प्रमुख न्यायाधीश अशोककुमार बस्नेतको सरूवा भएपछी प्रमुख न्यायाधीशको रुपमा उमेश प्रसाद लुइटेल आएका छन। 

आज एक कार्यक्रमका बीच प्रमुख न्यायाधीशको कार्यभार सम्माल्न आएका लुईटेल लाई झापा जिल्ला अदालतले स्वागत गरेको छ।  

 झापा जिल्ला अदालतका माननीय न्यायाधीश प्रकाश कुमार अधिकारी,  तेजबहादुर खड्का, नविनकुमार जोशी,  नगेन्द्र केशरी पोखरेल, रामप्रसाद पौडेल,  श्रेस्तेदार किरणकुमार सिंह लगायत अदालतका कर्मचारीहरु समेतको उपस्थिति रहेको सो कार्यक्रमको संचालन अदालतको प्रशासन शाखाका शाखा अधिकृत रामचन्द्र बस्नेतले गरेका थिए ।

अदालती कामकारवाहीमा ढिलासुस्ती, पक्षपात हुन्छ भन्ने गुनासो कम गर्न  अदालतबाट प्रवाह गरिने सेवामा अझ सुधार गरी पारदर्शी, छिटोछरितो, सरल एवं जनमैत्री सेवाप्रवाह गर्ने र अदालत प्रति जनताको जनविश्वास बढाउने अदालतको लक्ष्य रहेको प्रमुख न्यायाधीश लूईटेलले बताई। 

उनले अदालतको रणनीतिक योजना अनुसार झापा अदालतले समेत आफ्नो लक्ष र उद्देश्य सहित कार्ययोजना बनाई लागु गरेको हुदा अब न्यायिक काम कारबाहीमा ढिलासुस्ती र पक्षपात हुने गरेको गुनासो आउन नदिने गरी काम गर्न अदालतका सम्पूर्ण कर्मचारीहरुलाई निर्देशन दिए । 

 अदालतले हालसालै स्वचालित पेशी सन्चालनमा ल्याइएको छ भने फरक मुद्दा ब्यबस्थापन अनुसार मुद्दालाई बर्गिकरण गरिएको छ।

झापा अदालतमा ९ जना न्यायाधीशको दरबन्दी रहेकोमा हाल ७ जना न्यायाधीश रहेका छन् । सामान्यतयः २/२ बर्षमा न्यायाधीशको सरुवा हुने गरेको र सरुवा भएर आएका अर्का न्यायाधीश महेन्द्र प्रसाद पोखरेल समेतलाई सोही कार्यक्रममा स्वागत गरिएको अदालत प्रशासनले जनाएको छ।