झापाको मेचीनगरस्थित नहरमा डुबेर एकजनाको मृत्यु भएको छ । हिजो दिउँसो १ बजे मेचीनगर नगरपालिका वडा न–७ मदनबस्तीमा नहरमा डुबेर मेचीनगर-६ का पुनेप्रसाद सत्यालकाे मृत्यु भएकाे हाे ।
मेचीनगर-७ का चन्द्र काफ्लेको जग्गा भाडामा लिई कृषि फार्म संचालन गरी बस्ने मेचीनगर नगरपालिका वडा नं-६ काँकरभिट्टाका ५८ वर्षीय सत्यालको नहरमा डुबेर मृत्यु भएको प्रहरीले जनाएकाे छ ।
उनी आफ्नै कृषि फार्मको छेउमा रहेको नहरमा डुबेर मृत अवस्थामा फेला परेका थिए । इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट प्रहरी टोलीले घटनाका बिषयमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।



















