बिर्तामाेड । सामाजिक कार्यलाई निरन्तरता दिदै अर्जुनधारा–५ का सामाजिक ब्यक्तित्व राजु गिरीले बुबाको मुख हेर्ने दिनको अवसर पारेर सामाजिक संस्थालाई टेलिभिजन प्रदान गरेका छन् ।
अर्जुनधारा–५ पानीकलमा रहेको बागेडाँगी सामुदायिक विकास केन्द्र अन्तरगतको ‘जेष्ठ नागरिक चौतारी उज्यालो कार्यक्रम’ लाई सहारा नेपालका लेखा अधिकृतसमेत रहेका गिरीले ३२ इन्चको स्मार्ट टेलिभिजन प्रदान गरेका हुन् ।
उनले एक समारोहकाबिच जेष्ठ नागरिक चौतारी उज्यालो कार्यक्रमका अध्यक्ष मेघराज चौहानलाई हस्तान्तरण गरेका छन् । यसअघि गिरीले श्रीमती मिनादेबी, छोरा पंकज र छोरी प्रकृतिको जन्मोत्सव साथै आफ्नो बैवाहिक बर्ष गाठको अवसर पारेर अपाङ्गता भएका ब्यक्तिहरुलाई व्हीलचेयर वितरण गरेका थिए । त्यस्तै आगामी असोजमा पनि छोराछारीको जन्मोत्सवको अवसर पारेर २ जना अपाङ्गता भएकालाई व्हीलचेयर बितरण गर्ने गिरीले बताएका छन् ।


















