ताप्लेजुङ । अहिले पाथीभरा दर्शनको लागि उपयुक्त समय हो । पुर्वको प्रसिद्ध तिर्थस्थल पाथीभरामा दैनिक हजारौ भक्तजन आउने गरेका छन् ।

पाथीभरामा भक्तजनको बृद्विसँगै केवलकार निर्माण हुन सुरु भएको छ । निर्माण कम्पनीले कार्यालय स्थापना गरेर निर्माणको काम सुरु गरेपछि त्यसको बिरोधपनि सुरु भएको छ ।

प्रदेश नं.१ प्रदेश पुनः नामा‌ङ्कन संयुक्त संघर्ष समिति लगायत ६ वटा प्रतिनिधिमुलक संस्थाहरुको  संयुक्त आयोजनामा केवलकार निर्माणको बिरोध हुँदै आएको हो। केवलकार निर्माणको कार्यालय बन्द गरि मुक्कुम्लुङ क्षेत्र छोड्न र केवलकार निर्माणको लाइसेन्स खारेज गर्न माग गर्दै यहाँ अवरोध भइरहेको छ । 

फुङलिङ नगरपालिका-५ को ट्याक्सी काउण्टर देखि काफ्लेपाटी सम्म चल्ने भाडाका सवारी साधनहरु आजदेखि पुर्ण रुपमा अनिश्चितकालीन बन्द गरेको पहिचाानवादी मोर्चाले जनाएको छ । जसका कारण पाथीभरा दर्शन गर्न जाने भक्तजनलाई अप्ठ्यारो परेको छ। ताप्लेजुङदेखि पाँचथर, इलाम हुँदै झापा चल्ने सवारीसाधन भने सञ्चालनमा छन् ।