भद्रपुर । खराब मौसमका कारण नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पुर्व राजा ज्ञानेन्द्र शाह काठमाण्डौ जान लागेको विमानको उडान रद्द भएको छ ।
मौसमको प्रतिकुलताका कारण प्लेन उड्न नसक्दा उनीहरु फर्किएका छन । प्रचण्ड होटल मेची क्राउनमा बसेका छन भने पुर्वराजा शाह दमकको हिमालय टि गार्डेनतर्फ लागेको बताईएको छ ।
प्रचण्ड ४:२५ को बुद्ध एयरको बिमानबाट काठमाडौ फर्किदै थिए । पुर्वराजा ६:५० को विमानबाट काठमाडौ जाने कार्यक्रम थियो । उडान रद्द भएपछि भिआईपीद्वय सहितका यात्रु फर्किएको नागरिक उड्डयन कार्यालय चन्द्रगढीका प्रमुख किशोर खत्रीले जानकारी दिए ।
पुर्वराजा ज्ञानेन्द्र केहिदिन देखि झापामा छन् । प्रचण्ड कोशी प्रदेशका विभिन्न कार्यक्रम सकेर फर्किदै थिए।


















