झापा । झापाको गौरीगञ्जमा सिटी सफारी चार्ज गर्ने क्रममा करेन्ट लाग्दा एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा गौरीगञ्ज गाउँपालिका–२ का ३३ वर्षीय महेश राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
राजवंशीले आफ्नै घरमा सिटी सफारी चार्ज गर्ने क्रममा विद्युत् सर्ट भइ करेन्ट लाग्दा घाइते भएका थिए । घाइते राजवंशीलाई तत्काल उपचारका लागि लाइफलाइन अस्पताल दमक लगिएकोमा चिकित्सकले मृत घोषित गरेका थिए ।


















