बिर्तामाेड । युवा शक्तिको आधार नामको संस्थाले बिर्तामोड-४ मा रहेको कञ्चनजङ्गा बोर्डिङ स्कुलमा मानसिक स्वास्थ्य सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

बिर्तामोड नगरपालिका-४ को आर्थिक सहयोगमा सम्पन्न अभिमुखिकरण कार्यक्रमबाट बिद्यालयका ७४ जना विद्यार्थीहरुलाई मानसिक स्वास्थ्यसँग सम्बन्धित जनचेतना मुलक सन्देश प्रदान गरिएकाे थियाे । 

संस्थाकी अध्यक्ष दिपा सापकोटा पाेखरेलकाे सभापतित्व तथा वडा न. ४ का वडा अध्यक्ष राहुल शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मनोरोग तथा साइकोथेरापिस्ट डा. बबिता शर्माले विद्यार्थीहरुलाई मानसिक स्वास्थ्य सम्बन्धित सचेतना गराएकी थिइन् ।

कार्यक्रम पश्चात विद्यार्थीहरुले कार्यक्रम प्रभावकारी भएको र यसबाट मन भित्र लुकेर बसेका धेरै जिज्ञासाहरु मेटिएको प्रतिकृया दिएका थिए । कार्यक्रमको सञ्चालन संस्थाकी माहासचिव अस्मिता कार्कीले गरेकी थिइन् ।