काठमाडौंँ । झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई प्रहरीले पक्राउ गरेको छ । आइतबार दिउसो प्रसाई प्रहरीले आफनै निवासबाट उनलाई पक्राउ गरेको हो । प्रसाईको सचिवालयका अनुसार उनलाई आइतवार ३ बजेतिर पक्रिन प्रहरी पुगेको थियो ।
भक्तपुरको मध्यपुर ठिमी नगरपालिका ६ कमेरोटारमा साइबर ब्यूरोका ३ भ्यान प्रहरी अहिले प्रसाईलाई पक्राउ गर्नका लागि पुगेका हुन् । रास्वपा केन्द्रीय सदस्य टीका संग्रौलालगायत पीडित महिलाले उनीहरुविरुद्ध साइबर व्युरोमा जाहेरी दिएका थिए ।
प्रसाईंसहित ३ जनाविरुद्ध बुधबार पक्राउ पुर्जी जारी भएको छ । काठमाडौं जिल्ला अदालतले विद्युतीय कारोबार ऐनको व्यवस्था उल्लंघनको आरोपमा प्रसाईं, जीवन पाण्डे र प्रकाशचन्द्र दाहाललाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो । प्रसाईलाई किन र के कारण पक्रिन लागेको हो भन्ने खुलाइएको छैन । प्रसाईले भने आफुलाई फसाउन केपी ओली सरकारले सयन्त्रण रचेको आरोप लगाएका छन् ।