हल्दीबारी ।  झापाकाे हल्दिबारी-३ रमाईलो चोक ताराबल गिरीको घरमा आगलागी हुँदा १२ लाख रुपैंयाँ बराबरकाे धनमाल जलेर नष्ट भएकाे छ । 

आगलागीबाट गिरीकाे घर र घरसँगै रहेकाे गाेठ जलेर पूर्ण रुपमा नष्ट भएकाे प्रहरीले जनाएकाे छ । आगलागीबाट गाेठमा रहेका ९ वटा खसी बाख्रा जलेर मृत्यू भएको तथा एउटा बाछा समेत जलेर घाईते भईको छ । घरमा भण्डार गरी राखिएको धान, चामल, मकै, गहुँ पूर्ण रुपमा नष्ट हुँदा १२ लाख रुपैयाँ बराबरकाे क्षति भएकाे जिल्ला प्रहरी कार्यालय झापाका निमित्त सुचना अधिकारी मेहेगी ल्वामु तामाङले जानकारी दिइन् । 

भद्रपुर नगरपालिका,  मेचीनगर नगरपालिका, स्थानीय मानिसहरूको सहयोगमा बिहान ४ बजे आगलागी नियन्त्रणमा आएकाे प्रहरीले जनाएकाे छ । आगलागीकाे कारण थाहा हुन नसकेकाे तामाङकाे भनाई छ ।