दमक । मोरङको मिक्लाजुङमा मङगलबार राति चट्याङ लागेर झापाको दमकका एक मजदुरको मृत्यु भएको छ।

मङगलबार राति १० बजेको समयमा मिक्लाजुङ गाउपालिका ३ तेह्थुमे टोलमा चट्याङ लागेर झापाको दमक-४ का कुमार मोतेको मृत्यु भएको हो ।

भक्त बहादुर नेपालीको घर बनाउने काम गर्दै आएका मोते भान्सा कोठा अगाडि उभिएको अवस्थामा चट्याङ लागेको थियो । 

घटनामा गम्भीर घाइते भएका मोतेलाई  उपचाको लागि दमक लगिएको थियो । उपचारका क्रममा राति १२ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।