बिर्तामोड । झापामा खोला तर्ने क्रममा मोटरसाइकल बगाएको छ । झापा प्रहरीका अनुसार आज साढे १२ बजे कचनकवल २ मा खोला तर्ने क्रममा मोटरसाइकल बगाएको हो ।

झापा कचनकवल गाँउपालिका वडा नं २ मा रहेको अमरखुट्टा खोला तर्ने क्रममा रवि भट्टराईको प्र-१–०२–०५प ६९७८ नं.को मोटरसाइकल  बगाएको झापा प्रहरीले जनाएको छ ।नु

प्रहरीका अनुसार चालक भट्टराई सकुशल छन् । प्रहरी चौकी पथरियाको टोलीले मोटरसाइकलको खोजतलास गरिरहेको जनाएको छ । सुरुखोलाले स्थानीय सबिना बास्कोटाको साइकल पनि बगाएको जनाइएको छ।