विराटनगर । धनकुटा र पाँचथरमा पहिरोले घर पुर्दा ४ जनाको मृत्यु भएको छ। मृत्यु हुने चारजना आमाछोरी रहेको खुलेको छ।
पाख्रीबास नगरपालिका -५ गुरासे देवीथान स्थित बस्ने सन्तोष तामाङको घर पहिरोले पुर्दा उनकी श्रीमती आशा तामाङ र सासु रामकुमारी तामाङको मृत्यु भएको हो।
बसोबास नगरेको त्यस घरमा जान थाले पछि उनीहरू सामान निकाल्न गएका थिए। सामान निकाल्ने क्रममा पहिरोले उनीहरूलाई समेत पुरेको स्थानीय प्रहरीले जनाएको छ।
सो घटनामा परेर मिनमाया तामाङ घाइते भएकी छन् ।
यसैगरी पाँचथरको फिदिम नगरपालिका चार मा रहेको मा रहेको नेपाल आदिवासी जनजाति महासङ्घ भवनमा बस्दै आएका सपना शेर्पा र उनकी छोरी डोमा शेर्पा को पहिरोले पुरेर मृत्यु भएको छ। उनीहरूको सब नेपाल प्रहरी सशस्त्र प्रहरी नेपाली सेना स्थानीयवासी लगायतले पुरिएको ठाउँबाट निकालेका थिए।


















