पाँचथर । मेची राजमार्ग अन्तरगत पाँचथरको हेवा खोलामा निर्मित बेली ब्रिज बगाएको छ।
अविरल वर्षापछि आएको बाढीले फिदिम ४ र हिलिहाङ ७ जाेड्ने हेवाखाेलाकाे बेली ब्रिज बगाएको हो।
हेवा खाेलामा आएकाे बाढीले बेली ब्रिज बगाएकाे फिदिम वडा नम्बर ४ का वडाध्यक्ष उपेन्द्र लावतिले जानकारि दिए ।
बाढीले हिलिहाङ तर्फकाे पिल्लर बगाएकाे बताईएकाे छ । गत असारमा आएकाे बाढीले हेवाखाेलाकाे पक्कि पुल बगाए पछि साेहि स्थानमा अस्थाई ब्रिज बनाईएकाे थियाे । ब्रिज बगाए पछि पाँचथरकाे हिलिहाङ,याङवरक र ताप्लेजुङ तर्फकाे यातायात पुर्णरूपमा बन्द भएकाे छ ।