बिर्तामाेड । झापाकाे कनकाई नगरपालिका-१र ८ काे सिमानामा बिरिङ खाेलाकाे कटान राेक्नका लागि अस्थायी तटबन्ध निर्माण गर्न सुरु गरिएकाे छ ।
सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्प शनिश्चरेकाे सक्रियतामा ईलाका प्रहरी कार्यालय सुरुङ्गा र स्थानीय बासीकाे सहभािगतामा अस्थायी तटबन्ध निर्माण गर्न सुरु गरिएकाे हाे ।
त्यस स्थानमा अन्दाजी ६० मिटर बाँध कटान भइसकेकाे प्रहरीले जनाएकाे छ । त्यहाँबाट खाेला गाउँ पस्न सक्ने सम्भावना रहेका कारण तटबन्ध निर्माण गर्न सुरु गरिएकाे सशस्त्र प्रहरी नायव उपरिक्षक दिब्यराज काेइरालाले जानकारी दिए । त्यस स्थाबाट खाेला गाउँ पसेकाे अवस्थामा लगभग ३५ घर जाेखिममा पर्न सक्ने जनाइएकाे छ ।
बाँस र बाेराकाे प्रयाेग गरेर अस्थायी रुपमा खाेला नियन्त्रण गर्ने पहल सुरु गरेकाे काेइरालाले जानकारी दिएका छन् ।