बिर्तामाेड । झापाकाे हल्दीबारीमा जंगली हात्तीकाे आक्रमणमा परी एक जनाकाे निधन भएकाे छ । हल्दीबारी-३ का वाङ्दी गुरुङकाे जंगली हात्तीकाे आक्रमणमा परेर निधन भएकाे हाे । 

बिहान साढे ९ बजे स्थानीय जलथल जंगलमा घाँस काट्न गएकाे बेला गूरुङलाई हात्तीकाे समुहले आक्रमण गरेकाे थियाे ।  ८, १० वटा हात्तीकाे समुहले गुरुङलाई लछार पछार पारेकाे बताइएकाे छ । 

अहिले गुरुङकाे शवकाे मुचुल्का तयार गर्ने काम भइरहेकाे  जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णकुमार चन्दले जानकारी दिए ।