इलाम । इलामको देउमाईमा गएको पहिरोले दुई परिवारको खेतबारी पुरेको छ । देउमाई ९ का त्रिबिक्रम न्यौपानेको १० रोपनी जमिनमा पहिरोले पुरेको प्रहरीले जनाएको छ ।

यस्तै सोही स्थानका फौज बहादुर मगरको २ रोपनी धानबाली पहिरेले पुरेको हो । एकसाता देखि अविरल रुपमा परेको पानीका कारण जिल्लामा पहिरो जाने क्रम तिब्र बनेको छ । जिल्लाका दर्जन बढी स्थानमा पहिरोले क्षति पुर्याएको बताइएको छ ।