बिराटनगर । सोलुखूम्बुको सोताङ गाउपालिका-२ माझखर्कका बिरबहादुर खालिङ राई को अरिङगालले टोकेर मृत्यु भएको छ । 

घर नजिकैको जंगलमा दाउरा काट्न जाँदा अरिङ्गलले टोकेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

गम्भीर घाइते भएका उनलाई स्थानीय  स्वास्थ्य चौकी पावैमा ल्याएर उपचार गरी घरमा लगिएको थियो । बिहान उनको स्वास्थमा थप समस्या उत्पन्न भएपछि पुन स्वास्थ्य चौकी लाने क्रममा बाटोमै उनको मृत्यु भएको थियो ।