बेलवारी । मोरङको चिसाङ पुलमा कारले मोटरसाइकललाई ठक्कर दिदा प्रहरी जवान चित्र सागर राईको मृत्यु भएको छ ।
प्रदेश न ३-०१-०२४ च ०७३४ नम्बरको कारले प्रदेश न १-०२-०४४ प ४९९६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
संखुवासभाको सिलिचुङ गाउपालिका-२ घर भएका राई अस्थायी प्रहरी चौकी नडाहा सुनसरीमा कार्यरत थिए । घटनामा घाइते भएका राइलाई उपचारको लागी कोशी अस्पताल बिराटनगर पठाइएकोमा चिकित्सकले चेकजाच गर्दा मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।



















