बिर्तामोड । झापाको बिर्तामोडका खेलप्रेमी एवं सामाजिक व्यक्तित्व डिके (धनकुमार गुरुङ)को आज बिहान निधन भएको छ ।

बिर्तामोड १ चारपाने निवासी गुरुङको ६७ वर्षको उमेरमा आज बिहान ३ बजे निजी निवासमा निधन भएको हो । पूर्व भारतीय सेना उनी प्रेसर , सुगरलगायतका समस्याबाट पीडित थिए ।

गुरुङ सुकृति स्पार्टिङ क्लब बिर्तामोडका अध्यक्ष हुन् । यसैगरी, गुरुङ राष्ट्रिय परिषद बिर्तामोड नगरका पूर्व अध्यक्ष समेत हुन् ।