मेचीनगर । दशै बहिष्कारको अभियानमा रहेको मंगोल नेशनल अर्गनाइजेसनले कालो टीका लगाएर दशैको बिरोध गरेको छ । 

मेचीनथर नगरपालिका-२ को मंगोल रिसर्च सेन्टरमा भेला भएर उनीहरूले कालो टीका लगाएका हुन् । लगभग २५ जनाको समूह भेला भएर 'कथित दशैं बहिस्कार कार्यक्रम' आयोजना गरिएको थियो ।

कार्यक्रममा मंगोल नेशनल अर्गनाइजेसनका प्रेसिडेन्ट बुद्धलाल मेचे, कोशी प्रान्त सभा सदस्य बनिरा मेचे, मङ्गोल नेशनल अर्गनाइजेसन मेचिनगर अध्यक्ष किशोर धिमाल लगायतको सहभागीता रहेको थियो ।