सुरुङगा । झापा प्रहरीले झापाको शिवसताक्षीस्थित दुधे बजारबाट १२ जना जुवाडेलाई पक्राउ गरेको छ ।
दुधेस्थित सगरमाथा होटलमा जुवा खेलाउँदै गर्दा राति उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक सुशिल थापा मगरले बताए ।
पक्राउ पर्नेहरुमा शिवसताक्षी नगरपालिका-६ बस्ने मिलन भण्डारी, दिपक तामाङ, नविन तिम्सिना, प्रकाश लिम्बु, ९ का भिम बहादुर भण्डारी, दिनेश बाराकोटी, खगेन्द्र उप्रेती, सौगात मैनाली, होटल सञ्चालक बिनोद खरेल, ११ का नरेन्द्र बिश्वकर्मा रहेका छन् ।
यसैगरी शिवसताक्षी ११ कै लोक बहादुर बिश्वकर्मा, भारतको कोलकाता बस्ने परितोश पल पक्राउ परेका छन् ।
प्रहरीले जुवाको खालबाट एक बुक तास र ५ लाख ४ हजार ३० रुपैयाँ बरामद गरेको छ । पक्राउ पर्नेहरुलाई इलाका प्रहरी कार्यालय दमक लगिएको छ ।



















