अर्जुनधारा । जंगली हात्तीको समूहले झापाको बुद्धशान्ति-२ को जयपुर बोर्डिङ स्कुलको भवन भत्काएको छ।

गएराति चार–पाँच वटाको समूहमा आएको जंगली हात्तीको समूहले विद्यालय भवन भत्काएको सञ्चालक सन्तोष भण्डारीले जानकारी दिएका छन्।

राति करिब ९ बजेतिर आएका जंगली हात्तीले विद्यालय भवनमा क्षति पुर्याएका हुन्। हात्तीले विद्यालय भवनको छानो, पर्खाल तथा पिलर भत्काएको भण्डारीले बताएका छन् ।