बिर्तामोड । झापाको बिर्ताबजारमा बिहीबार साँझ दुर्घटनामा परेका भारतीय नागरिकको उपचारका क्रममा मृत्यु भएको छ । 

बिहीबार साँझ बनियानीबाट बिर्तामोड आउदै गरेको मे १ च ५९३० नम्बरको छोटा हात्तीले भारतको बहादुरगञ्ज घर भएका ६५ बर्षीय आसारुलाल पानवारीलाई बिर्ताबजारमा ठक्कर दिएको थियो ।

बिर्ताबजारमा डेरा गरेर बसेका उनी ठक्करबाट गम्भीर घाइते भएका थिए । उनको बिर्तामोडमा उपचारका क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीले ठक्कर दिने सवारी साधन र त्यसका चालकलाई नियन्त्रणमा लिएको जनाएको छ ।