बिर्तामोड । झापाको अर्जुनधारामा फलामको गेटले किचेर २ बर्षका बालकको मृत्यु भएको छ ।

अर्जुनधारा-६ का सवनम मस्कराको छोरा शिवयम मस्कराको मामलको फलामको गेटले किचेर मृत्यु भएको हो । 

बिहीबार राति-८ बजे आमा श्रेया अग्रवालसँग शिवयम सोही स्थानमा रहेको मामाघरमा पाहुना गएका थिए । मामा ऋषि अग्रवालको घरको गेट खोल्ने क्रममा गेट पल्टेर उनी गम्भीर घाइते भएका थिए । उनको आज बिहान उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।