बिर्तामोड । बिर्तामोड नगरपालिका-१ मा शुक्रबार बिहान भएको आगलागीबाट ४० लाख मूल्य बराबरको क्षति भएको छ । 

आज बिशान साढे ८ बजेको समयमा  स्थानीय बरपिपल चोकमा नेक मोहमदको इरतान कपास फ्याट्रीमा अचानक बिधुत सर्ट भएर आगलागी भएको थियो ।

आगलागीबाट टिनले छाएको भुइँतले कपास गोदाम सहितको टहराको फ्याक्ट्री र त्यहा भित्रको सामान पुर्ण रुपले जलेर नस्ट भएको प्रहरीले जनाएको छ । 

आगालागी नियन्त्रणको लागि बिर्तामोड नगरपालिका सहित, मेचिनगर , भद्रपुर  नगरपालिकाको बारुण यान्त्र, नेपाल प्रहरी , ससस्त्र प्रहरी स्थानीय खटेका थिए । करीब १० बजे आगो पुर्ण रुपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।