बिर्तामोड । झापाको पाडाजुँगीमा सवारी दुर्घटनामा मानिसको मृत्यु भएपछि आक्रोशित भिडले दुर्घटनामा संलग्न  बस जलाएको छ ।

पूर्वबाट पश्चिम जाँदै गरेको को १६ प ५३२२  नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउदै गरेको प्र. १-०१-००१ ख ३४३५ नम्बरको बसले ठक्कर दिएको थियो । 

ठक्करबाट मोटरसाइकलमा सवार मोरङको केराबारी-७ बस्ने अन्दाजी बर्ष ५५ को  पदम राईको घटनास्थलमै  मृत्यु भएको थियोे । 

राईको मृत्यु भएपछि आक्रोशित भिडले सो बसमा आगजनी गरेको थियो । घटनापछि पुर्व पश्चिम राजमार्गको त्यस खण्ड बन्द रहेको प्रहरीले जनाएको छ ।