अर्जुनधारा । झापाकाे अर्जुनधारा जलेश्वर धाममा आगामी बालाचतुर्दशीकाे अवसर पारेर ४२ औं अनुष्ठान आयाेजना हुने भएकाे छ । धाम समितिले आज पत्रकार सम्मेलन गरेर मंसिर-८ गतेदेखि आयाेजना हुने यस बर्षकाे अनुष्ठानलाई बृहत रुपमा सम्पन्न गर्ने जानकारी दिएकाे छ । 

pppppp

बिश्वशान्ति तथा पितृ उद्धारकाे कामनासहितच १०८ अष्टोतरशत आयाेजना गर्न लागिएकाे समितिका अध्यक्ष नविन गट्टानीले जानकारी दिएका छन् । उनले ५१ जना बिद्यार्थी बटुक तथा ५ जना आचार्यद्धारा दैनिक हवन, महायज्ञ तथा रुद्राभिषेक कार्य आयाेजना गरिने बताए । 

अन्तराष्ट्रिय कथा व्यास तथा १८ पुराणका प्रवक्ता, धर्मदर्शन फाउण्डेसन नेपालका संस्थापक अध्यक्ष कुवेर सुवेदीकाे प्रमुख वाचकत्व र जलेश्वर धामका मुल अर्चक अग्निप्रसाद सिग्देलकाे वाचकत्वमा महापु्राण सम्पन्न हुने अध्यक्ष गट्टानीले बताए । 

२०२३ सालमा स्थापना भएकाे धाममा गतबर्षसम्ममा ४१ वटा महापुराण सम्पन्न भइसकेकाे छ । याे बर्षकाे बालाचतुर्दशीलाई विगतका दिनभन्दा भब्य बनाउने तयारी आयाेजककाे रहेकाे छ । 

महापुराणस्थलमा १०८ वटा व्यास कुटी निर्माण गरिएकाे छ । १०८ कुटीमा त्यतिकै संख्यामा कर्ताहरुले महापुराणकाे स्वामित्व लिन सक्ने धामका मुल अर्चक सिग्देलले जानकारी दिए । भक्तजनले ५१ हजार रुपैंया शुल्क तिरेर एउटा व्यास कुटीमा महापुराण लगाउन सक्ने व्यवस्था मिलाइएकाे काेषाध्यक्ष मनाेज जाेशीले बताए । उनले हालसम्म २५ वटा कुटीमा महापुराण लगाउने कर्ता परिवार भेटिसकेकाे जानकारी दिए । 

महापुराण सम्पन्न गर्न बिभिन्न १९ वटा उपसमिति गठन गरिएकाे छ । महापुराणमा ९५ लाख ५० हजार रुपैंयाँ खर्च तथा २ कराेड १६ लाख ८ हजार रुपैंयाँ आम्दानी हुने अनुमान गरिएकाे छ । 

पुर्वकाे प्रशिद्ध धार्मिक स्थल अर्जुनधारामा पुर्वी नेपालका अधिकांस जिल्ला, छिमेकी देश भारतकाे बंगाल, बिहार राज्य लगायतबाट धार्मिक पर्यटक दर्शनका लागि आउने गरेका छन् । टाढाबाट आउने भक्तजनलाई जलेश्वर धामले धाम परिसरमा महाप्रसाद वितरणकाे तयारी पनि गरेकाे  जनाएकाे छ ।